Techie IT
२०८२ माघ २९, बिहीबार

भक्तपुरमा एकै रात दुई ठाउँमा चोरी, करिब १३ लाख रुपैयाँबराबरको धनमाल लुटियो


भक्तपुरमा एकै रात दुई छुट्टाछुट्टै स्थानमा चोरी भएको छ। चोरहरूले नगद, सुन र चाँदीका गरगहना गरी करिब १२ लाख ८९ हजार रुपैयाँभन्दा बढीको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ।

पहिलो घटना सूर्यविनायक नगरपालिका–१०, भंगालमा भएको हो। त्यहाँ ३८ वर्षीय सकुल ढकालको घरबाट गए राति नगद, सुन र चाँदीका विभिन्न गरगहना गरी करिब ७ लाख ४९ हजार २५५ रुपैयाँ बराबरको सामान चोरी भएको प्रहरीले जानकारी दिएको छ।

त्यसै रात मध्यपुर थिमी नगरपालिका–३ मा डेरा गरी बस्ने सिन्धुपाल्चोकका जीवन श्रेष्ठको कोठाबाट पनि चोरी भएको हो। श्रेष्ठको कोठाबाट नगद, सुन र चाँदीका गरगहना गरी करिब ५ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, दुवै घटनामा संलग्न व्यक्तिहरू हाल फरार छन्। उनीहरूको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट