टिओबी समूहका नेता दावाको नागरिकता र जन्मदर्ता प्रमाणपत्र नक्कली हुनसक्ने आशंका, अनुसन्धान जारी
पक्राउ परेका टिब्बटेन ओरिजिनल ब्लड (टिओबी) समूहका तेन्जिङ दावाको नागरिकता र जन्मदर्ता प्रमाणपत्र शंकास्पद देखिएको प्रहरीले जनाएको छ।
उनको नागरिकता प्रमाणपत्रमा जन्म मिति २१ माघ ०५३ उल्लेख छ। काठमाडौं महानगरपालिका–६ जन्मस्थान उल्लेखित उक्त प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको थियो।
तेन्जिङ दावाको जन्मदर्ता प्रमाणपत्र भने १० चैत ०६३ मा गरिएको थियो। नागरिकता प्रमाणपत्रमा नेपाल सरकारको छापा देखिन्छ भने जन्मदर्ता प्रमाणपत्रमा ‘श्री ५ को सरकार’ को छापा उल्लेख छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले भने, “दावाको नागरिकता र अन्य कागजात नियन्त्रणमा लिइएको छ। यसबारे अहिले आवश्यक अनुसन्धान भइरहेको छ। कागजातहरूको भेरिफिकेशन हुँदैछ, बाँकी तथ्य त्यसपछि मात्र सार्वजनिक गरिनेछ।”



तपाईको प्रतिक्रिया दिनुहोस