तीनकुनेमा प्रहरीमाथि आक्रमण गर्ने घिसिङ पक्राउ

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते तीनकुनेमा प्रहरीमाथि आक्रमण गर्ने गौतम घिसिङ पक्राउ परेका छन्।
उक्त दिन आन्दोलनकारीले प्रहरी चौकी आक्रमण गरी हतियार लुट्नुका साथै प्रहरीले लगाएको बर्दी खोल्न लगाएर कुटपिट गरेका थिए। घटनाको क्रममा आत्मरक्षाका लागि कतिपय प्रहरीले बागमती नदीमा हामफालेका थिए।
आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरिरहेको टोलीले भिडियो फुटेज र फोटोका आधारमा घिसिङलाई पहिचान गरी पक्राउ गरेको हो। घिसिङमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार, सो दिन हतियार लुट्ने कार्यमा संलग्न अन्य केही व्यक्तिहरूलाई पनि यसअघि नै पक्राउ गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस