Techie IT
२०८३ असार २८, आइतबार

जबरजस्ती करणीको आरोपमा इलाम र प्युठानमा दुई जना पक्राउ


देशका दुई फरक स्थानमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पुरुष पक्राउ परेका छन्।

इलाम नगरपालिका–९ धजेडाँडाका ५२ वर्षीय टेकनाथ कार्कीलाई २२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो। पीडित महिलाले जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएपछि प्रहरीको टोली खटिएर कार्कीलाई नियन्त्रणमा लिएको इलाम प्रहरीले जनाएको छ।

त्यसैगरी, प्युठान मल्लरानी गाउँपालिका–२ कौछेका ५५ वर्षीय खुमनाथ शर्मा पनि ४४ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा मंगलबार दिउँसो पक्राउ परेका छन्। पीडित महिलाको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको टोलीले शर्मालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

दुवै घटनासम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान अघि बढाएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट