Techie IT
२०८२ कार्तिक ८, शनिबार

जेनजी आन्दोलनका क्रममा लुटिएको गोलीसहित दुई किशोर पक्राउ


काठमाडौँ — जेनजी आन्दोलनका क्रममा दरबारमार्गस्थित प्रहरी वृत्तबाट लुटिएको गोलीसहित दुई जना किशोर पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका–३ घर भई काठमाडौँको कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापाको झिलझिले घर भई काठमाडौँ मालिगाउँ, आनन्द भैरव मार्गमा बस्ने १६ वर्षीय सोनम थापा मगर रहेका छन्।

प्रहरी प्रभाग कोटेश्वरको टोलीले शुक्रबार राति नरेफाँटमा नियमित चेकजाँचका क्रममा शंकास्पद देखिएका गिरीलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा उनको साथबाट प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली फेला परेको प्रहरीले जनाएको छ।

गिरीको बयानका आधारमा प्रहरीले थापा मगरको कोठामा खोजी गर्दा ‘३११–२३’ लेखिएको पेस्तोलका २ थान गोली फेला पारेको हो।

दुवै जना हाल प्रहरी नियन्त्रणमा रहेका छन् र उनीहरूमाथि थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट