Techie IT
२०८३ जेष्ठ ६, बुधबार

जेनजी आन्दोलनमा संलग्न आरोपमा तीन जना पक्राउ


काठमाडौँ — जेनजी आन्दोलनका क्रममा काठमाडौंको साँखुस्थित प्रहरी प्रभागमा आगजनी र प्रहरीमाथि कुटपिट भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–३ का ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका–३ का ४७ वर्षीय सानुकान्छा वाइबा रहेका छन्। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरी प्रभाग साँखुले जनाएको छ।

यसैबीच, प्रहरी वृत्त बौद्धले जेनजी आन्दोलनकै क्रममा लुटपाट भएको हतकडी र सोको चाबी सहित एक जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–२ घर भई हाल काठमाडौंको बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठ रहेका छन्।

श्रेष्ठलाई कात्तिक ८ गते बेलुकी ७ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकाबाट नियन्त्रणमा लिइएको प्रहरी वृत्त बौद्धले जनाएको छ।

प्रहरीका अनुसार सबै पक्राउ परेकामाथि दंगा, सार्वजनिक सम्पत्तिमा क्षति र सरकारी कार्यमा अवरोध पुर्‍याएको अभियोगमा अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट