Techie IT
२०८३ असार २५, बिहीबार

भ्रष्टाचार मुद्दामा प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा गर्न आदेश


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको मुद्दामा निलम्बित नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अधिकारीलाई पोखरा विमानस्थलको मुद्दामा धरौटीमा छाड्न अनुमति दिइएको हो। तर, हेलिपोर्ट सम्बन्धी मुद्दाका कारण डिल्लीबजार कारागारमा रहेका अधिकारी यस आदेशले रिहा हुने छैनन्।

यसै अदालतले पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीलाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र सुदर्शनदेव भट्टको संयुक्त इजलासले थुनछेक बहसपछि अधिकारी र भण्डारीलाई धरौटीमा छाड्न अनुमति दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै पाँच पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले ती व्यक्तिहरूमाथि ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बिगो माग गरेको छ। फाफ डुप्लेसी मात्र एउटा एन्डमा टिकिरहेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट