Techie IT
२०८३ असार २४, बुधबार

युके पठाइदिन्छु भन्दै ५२ लाख ठगी गर्ने व्यक्ति पक्राउ


वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई युके (युनाइटेड किङडम) पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१५ घर भएका ५० वर्षीय लालबहादुर बराइली रहेका छन्। उनले एक जना पीडितबाट युके पठाइदिने आश्वासन दिई ५२ लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको भन्दै पीडितले उजुरी दिएका थिए।

उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट मंगलबार पक्राउ गरेको हो।

पक्राउ परेका बराइलीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट