Techie IT
२०८३ असार २३, मंगलबार

रुपन्देहीमा दुई दिनमै ८ लाखभन्दा बढीको अवैध सामान बरामद, संलग्न व्यक्ति र सवारी नियन्त्रणमा


जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी टोलीले दुई दिनको अवधिमा करिब आठ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेका छन्।

प्रहरीका अनुसार यही पुस १९ र २० गते जिल्लाका विभिन्न स्थानमा सवारीसाधन तथा मालसामान जाँच गर्ने क्रममा भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएका अन्दाजी आठ लाख ७१ हजार रुपैयाँ बराबरका सामान फेला परेका हुन्।

बरामद गरिएका अवैध सामान, ती सामान ओसारपसारमा प्रयोग गरिएका सवारीसाधन र संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय तथा भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिएका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट