Techie IT
२०८२ माघ २८, बुधबार

रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख भट्टराई पक्राउ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखीराम भट्टराई पक्राउ परेका छन् । प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारसम्बन्धी कागजात सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।

बाणगंगा नगरपालिका–८ धनेषपुर निवासी भट्टराईले गत माघ २६ गते आफ्नो फेसबुक वालमार्फत ती कागजात सार्वजनिक गरेका थिए । त्यसपछि परेको उजुरीका आधारमा मंगलबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।

डीएसपी सिंहका अनुसार सामाजिक सञ्जालमा अनुसन्धानसँग सम्बन्धित सामग्री पोस्ट गरी घृणा र द्वेष फैलाउने तथा गोपनीयता भंग गरेको आरोपमा भट्टराईलाई नियन्त्रणमा लिइएको हो । “फेसबुकमार्फत अनुसन्धानका कागजात सार्वजनिक गर्ने, घृणा फैलाउने र गोपनीयता उल्लङ्घन गर्ने कार्य भएको उजुरी आएपछि पक्राउ गरेका हौँ,” उनले भने, “उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट