Techie IT
२०८३ वैशाख ११, शुक्रबार

धनगढीमा श्रीमतीको हत्या गरेर पूर्व शिक्षक फरार


धनगढी उपमहानगरपालिका–७ देवहरियामा श्रीमतीको हत्या गरेर एक व्यक्ति फरार भएका छन्।

गएराति करिब १२:४५ बजे स्थानीय ३६ वर्षीय डम्मराज जोशीले आफ्नी श्रीमती ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार जोशीले धारिलो हतियार प्रयोग गरी सरस्वतीको टाउकोमा प्रहार गरेर हत्या गरेका हुन्। घटना लगत्तै उनी फरार भएका छन्। हत्या आरोपित जोशी पूर्व शिक्षकसमेत रहेको प्रहरीले जनाएको छ।

मृतक सरस्वतीको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।

प्रहरीका अनुसार हत्या पछि फरार रहेका जोशीको खोजी कार्य तीव्र पारिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट