‘होली काण्ड’ बनाएर महिला ब्ल्याकमेल गर्ने युवक पक्राउ
कैलालीको घोडाघोडी नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौँको नयाँबजारमा बस्दै आएका २३ वर्षीय तपेन्द्र विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विगत केही समयदेखि एक महिलाको तस्बिर दुरुपयोग गर्दै अपमानजनक तथा अमर्यादित सामग्री सामाजिक सञ्जालमा प्रसारण भइरहेको भन्दै साइबर ब्यूरोमा उजुरी परेको थियो।
अनुसन्धानका क्रममा विष्टले पीडित महिलाको नाम जोडेर ‘होली काण्ड’ शीर्षकमा अश्लील भिडियो सामग्री सार्वजनिक गरी निरन्तर मानसिक तनाव र हैरानी दिएको खुलेको छ।
साइबर ब्यूरोको प्राविधिक विश्लेषणबाट विष्टको संलग्नता पुष्टि भएपछि उनलाई चैत २ गते काठमाडौँबाट पक्राउ गरिएको हो।
पक्राउ परेका विष्टमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ। जिल्ला अदालत काठमाडौँबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवं प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस