Techie IT
२०८३ जेष्ठ १४, बिहीबार

अदालतकै कर्मचारी ५० हजार घुससहित रंगेहात पक्राउ


रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लवकुमार सिंह ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, सिंहले अदालतको फैसलाबमोजिम दाखा पुर्जी गरी जग्गा फुकुवा गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा कारबाही गरिएको हो।

आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको जनाएको छ।

उनलाई उक्त रकम र एक थान मोबाइलसहित रौतहट जिल्ला अदालत परिसर (गौर नगरपालिका–१) बाट नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट