Techie IT
२०८२ चैत्र २०, शुक्रबार

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ


धनुषा - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले धनुषाको लालगढबाट एक सशस्त्र प्रहरी निरीक्षकलाई घुससहित पक्राउ गरेको छ।

आयोगको टोलीले शुक्रबार बिहान मिथिला नगरपालिका- लालगढबाट प्रहरी निरीक्षक वोकिल अधिकारीलाई ४० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार कमला- ढल्केवर- बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने तथा फिल्डमा सामग्री झार्न नदिई विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिने र रिसवत माग्ने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट