बलात्कार आरोपपछि कलाकार सागर लम्साल पक्राउ, उजुरीकर्ताले खुलाइन् पहिचान
काठमाडौं प्रहरीले कलाकार सागर लम्साल (बले)लाई कपनको बालुवाखानी क्षेत्रबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार गम्भीर प्रकृतिको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
लम्सालमाथि कलाकार परिवारकै एक सदस्यले बलात्कारको आरोप लगाएकी छन्। अमेरिकामा रहेकी ती युवतीले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूलाई अमेरिकामै बलात्कार गरिएको दाबी गरेकी थिइन्।
पछि सार्वजनिक भएको विवरणअनुसार आरोप लगाउने युवती संगम बिष्ट हुन्। उनले सञ्चारमाध्यमहरूले ‘युवती’ मात्र लेखेकोमा असन्तुष्टि जनाउँदै आफ्नो वास्तविक नाम, पारिवारिक पृष्ठभूमि र परिचय सार्वजनिक गरेकी छन्।
संगम बिष्ट कलाकार गजित बिष्टकी छोरी तथा नृत्य निर्देशक गम्भीर बिष्टकी भतिजी हुन्। उनले थुप्रै चलचित्रमा अभिनय गर्नुका साथै राष्ट्रिय पुरस्कार समेत जितेकी बताएकी छन्।
पहिलो स्टाटस भाइरल भएपछि उनले दोस्रो स्टाटसमार्फत अझ आक्रामक अभिव्यक्ति दिँदै भनिन्, “कि त त्यो जेल जान्छ, कि त त्यसको ज्यान जान्छ।” साथै उनले आफूले अहिलेसम्म कत्थक नृत्य गर्दै आएको तर अब ‘ताण्डव’ देखाउने संकेतसमेत गरेकी छन्।
हेर्नुस् संगमको पूरा स्टाटसः
मलाई नखरमाउली, छोरा मान्छेको जिन्दगी बर्बाद गर्ने, सुत्ने बेला आँखा नदेख्ने, मन मिल्ने चमत्कार नमिले बलात्कार भन्ने हजुरहरूलाई।
धेरै एक युवती–युवती भनेर पढ्न मन लागेन, सो मेरो परिचय दिँदै छु है। नमस्कार, म संगम बिष्ट, २ वर्षको उमेरदेखि डान्समा लागेको र ५ वर्षको उमेरदेखि फिल्म इन्डस्ट्रीमा लागेको एउटा कलाकार। जसले आफ्नो पूरा बालापन सेटको खाना खदै, एउटा हातमा स्क्रिप्ट र अर्को हातमा स्कूलको पुस्तक बोकेर, “लाइट, क्यामरा, एक्सन” सुनेर हुर्केको मान्छे। वर्षौं आफ्नो मेहनतले, सेटमा कयौ अनिदा रातहरू, परिवारको अमुल्य साथ र स्कूलको टुरिस्ट भएर १३ वर्षको उमेरमा (सर्वोत्कृष्ट अभिनेत्री) विदामा राष्ट्रपति रामबरण यादवको हातबाट (नेसनल अवार्ड) र साथै विभिन्न विदामा अवार्ड पाउने कलाकार। जसको काका नेपालका एक टप कोरियोग्राफर, बाबा एउटा कलाकार र भाई वर्ल्ड्स योगेस्ट फिल्म डाइरेक्टर ।
दुखको कुरा हो, आज मैले बजारमा सामान बेचे जस्तो आफ्नो मूल्य भन्न परिरहेको छ ताकि मेरो आवाजको केही भार होस् ।
लाग्थ्यो जस्तो–तस्तो गरेर यो राक्षससँग लड्छु भनेर, आज एउटै दिनमा हाम्रो समाजमा कति धेरै राक्षस छन् भनेर थाहा पाएँ। मेरो काकाले फालेको म्युजिक भिडियो कुकुर जस्तो टिप्दै अघि बढेको त्यो भुस्याहा कुकुरलाई मैले फिल्म इन्डस्ट्रीमा आउन फसाएँ भनेर पढ्दा हाँस उठ्यो । जसले आफ्नो टाउकोको कपाल सबै गइसकेर विग लगाउनु पर्छ, त्योसँग म प्रेम सम्बन्धमा हुने तेस्तो खत्तम दिन पनि आएको थिएन र कहिले आउन पनि नपरोस।
देख्न पाएँ हाम्रो समाजको सोच कति घटिया छ भनेर, सायद जीवन त्यागेको भए मेरो शब्दको आज अर्थ हुन्थ्यो जस्तो लाग्यो।
त्यसपछि आयो माया, आफ्नो मान्छे, अपरिचित सबै जनाबाट धेरै माया, आशा,साथ र विश्वास । र थाहा पाएँ, मेरो कथा त मभन्दा ठूलो भइसकेको छ। मेरो कथामा, कति म जस्तै दीदी–बैनीको कथा मिसिन पुग्यो जसले अहिलेसम्म आवाज उठाउन पाउनु भएको छैन, किनकि हाम्रो समाजमा राक्षसको मूल्य धेरै छ। थाहा पाएँ, मेरो आवाज अब मेरो मात्र नभएर सबै दीदी–बैनीहरूको दबिएको आवाज बनेको छ। र आफ्नो परिवार, र सबै जनाको साथले महसुस गरेँ, मैले अब यो लडाईं मेरो लागि मात्र होइन सबैको लागि जित्नु पर्छ भनेर। कत्थक डान्स गर्ने म, अब गर्छु “ताण्डव।”
र पैसा को लागि गरेँ, जीवन बर्बाद गर्न गरेँ, ब्रेकअप भएर गरेँ, इन्डस्ट्रीमा पस्नको लागि गरेँ भन्ने सबै हाम्रो महान नेपाली जनता हरुलाई भन्न चाहन्छु, होइन हजुर, त्यसको सास छातीबाट च्यातर भूईंमा झार्नको लागि गरेको हो। ती सबै दीदी–बैनीहरूलाई एउटा आशा बन्नको लागि गरेको हो। धेरै केही भन्नु छैन । यति भन्छु‘कित त जेल जान्छ‘ कि त उसको ज्यान जान्छ।
हाम्ले एउटी नारीको सहनशीलता, बुद्धि, न्यूनोपन र निःस्वार्थ माया देखेको छौँ। अब एउटी नारीको क्रोध हेर्नु ।
म एउटा हातमा आफ्नो स्वाभिमान, इज्जत, संघर्ष, आत्मविश्वास र कथा बोकेर लडिरहेको छु भने अर्को हातमा त्रिशूल लिएर। न्याय पाए ठीक छ, नत्र यो पाली दुर्गा पूजा छिट्टै मनाइन्छ जस्तो छ।
माः दुर्गा ले सबैको रक्षा गरुन्।
जय नारी।



तपाईको प्रतिक्रिया दिनुहोस