Techie IT
२०८३ असार १६, मंगलबार

ठगी गरेको आरोपमा दुई जना पक्राउ


काठमाडौँमा ४ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जा घर भई काठमाडौँमा बस्दै आएका ६२ वर्षीय शान्तिरमण पङ्गेनी र टोखा नगरपालिका–७ का ५८ वर्षीय टिका पङ्गेनी रहेका छन्।

उनीहरूलाई बुधबार टोखा क्षेत्रबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन्। कमलप्रसाद ज्ञवालीको जाहेरीका आधारमा आरोपितहरूविरुद्ध चैत ५ गते कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। 

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट