Techie IT
२०८३ असार ९, मंगलबार

ललितपुरमा दादागिरी गर्दै सम्धी ग्रुप, १० जना पक्राउ


‘सम्धी ग्रुप’ तथा ‘झ्यालुङ्टार ग्रुप’को नाममा लामो समयदेखि गुण्डागर्दी गर्दै आएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार चापागाउँ क्षेत्रमा सक्रिय उक्त समूहका सदस्यहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले रेस्टुरेन्टमा पैसा नतिर्ने, गिटी तथा अन्य प्राकृतिक स्रोतमा दादागिरी गर्दै हप्तावारी र महिनावारी असुल्ने प्रयास गर्ने जस्ता गतिविधि गर्दै आएका थिए। उनीहरूले प्रहरी कार्यमा समेत अवरोध सिर्जना गरेको आरोप छ।

पक्राउ परेकाहरूको पहिचान भने हालसम्म सार्वजनिक गरिएको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट