Techie IT
२०८३ असार ८, सोमबार

सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा स्मार्ट टेलिकमका पूर्व एमडी पक्राउ


स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ। आपराधिक विश्वासघातसम्बन्धी कसुरमा जोशीलाई काठमाडौँको खुर्सानीटारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।

स्मार्ट टेलिकम नवीकरण प्रक्रिया पूरा नगरेपछि २०८० वैशाखदेखि सञ्चालनमा छैन। सीआईबीका अनुसार जोशीले नेपाल सरकारको सम्पत्तिमा बेइमानीपूर्वक हानि पुर्‍याउने तथा सरकारी हक समाप्त गर्ने उद्देश्यले काम गरेको आरोप लागेको छ। 

सोमबार पक्राउ परेका ४५ वर्षीय जोशीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट