बलात्कार अभियोगमा दाङ र जुम्लाबाट दुई जना पक्राउ
विभिन्न जिल्लामा भएका जबरजस्ती करणीका घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दाङ र जुम्लामा भएका छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।
दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान कपुरकोट गाउँपालिका-४ का उदिम प्रसाद बुढामगर पक्राउ परेका छन्। २० वर्षीय बुढामगरले ती बालिकालाई करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो।
त्यसैगरी, जुम्लाको पातारासी गाउँपालिका-५ जफना गाउँका ४१ वर्षीय दत्त बहादुर बुढा पक्राउ परेका छन्। २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय जुम्लाको टोलीले बुधबार दिउँसो नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि थप कानुनी कारबाहीका लागि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस