Techie IT
२०८३ वैशाख ३०, बुधबार

एकलैनीबाट ६ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ


बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा गरिएको निगरानीपछि प्रहरीले अटो रिक्सामा सवार दुई जनालाई अवैध भारतीय नोटसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नरैनापुर गाउँपालिकातर्फ जाँदै गरेका उनीहरूलाई नेपालगन्ज उपमहानगरपालिका–२ स्थित एकलैनी क्षेत्रमा जाँच गर्दा भारतीय ५०० र १००० दरका अवैध नोट बरामद गरिएको हो ।

पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका–५ निवासी २९ वर्षीय वीरवल कुम्हार र नरैनापुर गाउँपालिका–४ निवासी ३८ वर्षीय मुनिव खाँ रहेका छन् ।

बरामद गरिएको रकम आन्तरिक राजस्व कार्यालय, कोहलपुरमा बुझाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट