नेपाल प्रहरीमा १६ प्राविधिक इन्स्पेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस
नेपाल प्रहरीका विभिन्न प्राविधिक समूहअन्तर्गत कार्यरत १६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
प्रहरी प्रधान कार्यालयअन्तर्गत बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको निर्णयअनुसार प्राविधिक प्रहरी समूहका विभिन्न उपसमूहका रिक्त पदहरूमा बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो।
चिकित्सक उपसमूहतर्फ रिक्त ९ डीएसपी पदका लागि डा. अमित कुमार ठाकुर, डा. ऋतुराज बराल, डा। एलिना श्रेष्ठ, डा. प्रभाकर श्रेष्ठ, डा. रमन घिमिरे, डा. महादेव देउजा, डा. संजिव कुमार यादव, डा. सुवास चन्द्र गौतम र डा. रजनी महर्जन सिफारिस भएका छन्।
नर्सिङतर्फ नेपाल प्रहरी अस्पताल, नर्सिङ विभागमा कार्यरत निरूषा महर्जनलाई डीएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
त्यसैगरी, इन्जिनियरिङ उपसमूहअन्तर्गत सूचना प्रविधि तथा कम्प्युटरतर्फ ५ जना प्रहरी निरीक्षक डीएसपीमा बढुवाका लागि सिफारिस भएका छन्। सिफारिस हुनेहरूमा बेचन कुमार यादव, सन्दीप कार्की, जयप्रकाश सिंह, सत्येन्द्र कुमार मिश्र र कृष्णनाथ रहेका छन्।
विधिविज्ञान उपसमूहतर्फ नेपाल प्रदेश प्रहरी कार्यालय, विधिविज्ञान इकाई पोखरामा कार्यरत यमलाल बस्नेतलाई डीएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस