लगातार चार दिन बिदा परेपछि सर्वोच्च आंशिक खुला, बन्दीप्रत्यक्षीकरणको सुनुवाइ हुने
लगातार चार दिन सार्वजनिक बिदा परेकाले आज र भोलि पनि सर्वोच्च अदालत आंशिक रूपमा खुला रहने भएको छ।
सर्वोच्च अदालतले बिहीबार र शुक्रबार बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन दर्ता तथा सुनुवाइका लागि अदालत खुला राख्ने जनाएको हो। सर्वोच्च अदालत प्रशासनका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणका निवेदन दर्ता र सुनुवाइको व्यवस्था मिलाइएको छ।
लामो सार्वजनिक बिदाका कारण नागरिकको संवैधानिक अधिकार प्रभावित नहोस् भन्ने उद्देश्यले अदालत आंशिक रूपमा सञ्चालन गर्न लागिएको सर्वोच्चले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस