Techie IT
२०८३ भाद्र ११, बिहीबार

३८ लाख ठग्ने निर्मला टेकुबाट पक्राउ


वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर अमेरिका पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन्।

काठमाडौँको चन्द्रागिरी नगरपालिका–४ बस्ने, रोल्पा घर भएकी ५४ वर्षीया निर्मला कुमारी श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। श्रेष्ठले एक पीडितलाई अमेरिका पठाउने प्रलोभनमा पारेर पटक–पटक गरी कुल ३८ लाख ५० हजार रूपैयाँ रकम असुल गरेकी थिइन्। रकम बुझेपछि उनी पीडितको सम्पर्कबाट बाहिर (सम्पर्कविहीन) भएकी थिइन्। आफू ठगिएको थाहा पाएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।

पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष प्रहरी टोलीले श्रेष्ठलाई काठमाडौँ महानगरपालिका–१२ टेकु क्षेत्रबाटै नियन्त्रणमा लिएको हो।

पक्राउ परेकी श्रेष्ठलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट