बैंकिङ कसूरमा फरार ग्रेटर नेपालका अध्यक्ष नेपाल पक्राउ
चेक अनादर (बैंकिङ कसूर) मुद्दाका फरार प्रतिवादी फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ। उनि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष पनि रहेका छन् । काठमाडौं महानगरपालिका–७, चावहिल बस्ने बुढानिलकण्ठ नगरपालिका–१० घर भएका ६७ वर्षीय नेपाललाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला अदालत काठमाडौंको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर गरेपछि उनी फरार रहँदै आएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई बुढानिलकण्ठ नगरपालिका–१०, कटारीबस्तीबाट पक्राउ गरेको हो।
पक्राउ परेका नेपाललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस