Techie IT
२०८३ भाद्र ११, बिहीबार

२१ किलो गाँजासहित मोटरसाइकल चालक पक्राउ


सिरहाको सुखीपुर नगरपालिका ८ स्थित सुखीपुर बजारबाट प्रहरीले २१ किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (DSP) रमेशबहादुर पालका अनुसार पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका - १४ निवासी उमेशकुमार मगर रहेका छन्। उनलाई शनिबार विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।

लागूऔषध नियन्त्रण ब्यूरो (NCB) बाट खटिएको विशेष प्रहरी टोलीले सुखीपुर बजारमा जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मगरमाथि शङ्का लागेर खानतलासी गरेको थियो। सोही क्रममा उनको साथबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाँजा र मोटरसाइकलसहित पक्राउ परेका मगरमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट