Techie IT
२०८३ असार १९, शुक्रबार

थमन विक हत्या प्रकरण: उच्च अदालतबाट दोषी ठहर लगत्तै एमाले पूर्वसांसद कोइरी पक्राउ


लक्ष्मी महतो कोइरी

सशस्त्र प्रहरीका सहायक निरीक्षक (असिई) थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।

उच्च अदालत जनकपुरले बुधबार उनलाई ५ वर्ष कैद सजाय सुनाएपछि प्रहरीले महोत्तरीको गौशालाबाट नियन्त्रणमा लिएको हो।

यसअघि महोत्तरी जिल्ला अदालतले उक्त हत्या मुद्दामा कोइरीलाई सफाइ दिएको थियो। तर, जिल्ला अदालतको उक्त फैसलालाई उल्ट्याउँदै उच्च अदालत जनकपुरले उनलाई सर्वस्वसहित जन्मकैद नभई ५ वर्ष कैदको सजाय सुनाएको हो। अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले फैसला लगत्तै कोइरीलाई पक्राउ गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट