Techie IT
२०८३ भाद्र १०, बुधबार

डिल्लीबजार कारागारबाट दीपक भट्ट र प्रदीप अधिकारी लाई सारियो


सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनिएका दुई ‘हाइप्रोफाइल’ अभियुक्तको सेटिङ भत्किएको छ। कारागार व्यवस्थापन विभागले शुक्रबार एउटा कडा निर्णय गर्दै विवादित व्यवसायी दीपक भट्ट र नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई डिल्लीबजारबाट अन्यत्र स्थानान्तरण (सरुवा) गरेको छ।

विभागका एक उच्च अधिकारीका अनुसार, बिचौलियाको पहिचान बनाएका व्यवसायी भट्टलाई ललितपुरको नख्खु कारागार र भ्रष्टाचारको गम्भीर आरोप लागेका अधिकारीलाई जगन्नाथदेवलस्थित केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ। कसुरदार दीपक भट्ट सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतको आदेशले पुर्पक्षका लागि थुनामा परेका हुन्। अर्का कसुरदार प्रदीप अधिकारी भने अर्बौंका आयोजनामा अख्तियारको दुरुपयोग र भ्रष्टाचार गरेको अभियोगमा थुनामा छन्।

डिल्लीबजार कारागारमा बसेर उनीहरूले पहुँचको दुरुपयोग गर्न सक्ने र अनुसन्धान प्रभावित पार्न सक्ने आशंकाबीच विभागले उनीहरूलाई फरक-फरक कारागारमा धपाउने निर्णय गरेको बुझिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट