Techie IT
२०८३ असार २३, मंगलबार

लोडभएको पेस्तोल, नगद र लागुऔषधसहित रौतहटबाट आलम पक्राउ


रौतहटको गरुडा नगरपालिका–५ झाझपुलस्थित एक मदिरा पसलबाट कटुवा पेस्तोल र लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका वडा नं. ९ गम्हरिया बिर्ता बस्ने ४२ वर्षीय सदरे आलम रहेका छन् ।

गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा शङ्कास्पद अवस्थामा रहेका आलमको शरीर खानतलासी गर्दा उनको कम्मरमा भिरिरहेको अवस्थामा एक राउण्ड गोली लोड भएको कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा आलमले मदिरा पसल पछाडिको खेतमा रहेको झ्याङमा थप गोली र नगद लुकाएर राखेको स्वीकार गरेका थिए । सोही बयानका आधारमा खानतलासी गर्दा उक्त स्थानबाट कटुवा पेस्तोलमा प्रयोग हुने ४ थान 'लाइभ' (सजिव) गोली र १ थान 'ब्ल्याङ्क' (खोली) राउण्ड बरामद भएको छ ।

यसैगरी, उनको साथबाट कालो रङको पर्सभित्र रहेको २४ हजार ५ सय भारतीय रुपैयाँ, ३२ हजार ५ सय नेपाली रुपैयाँ र २ पिस नाइट्राभेट ट्याबलेट (लागुऔषध) समेत बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट