Techie IT
२०८३ श्रावण १०, आइतबार

को हुन् त्रिविको एमबिएस प्रश्नपत्र लिक गर्ने ?


त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र लिक गर्ने मुख्य व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कैलाली घोडाघोडी नगरपालिका–११ घर भई हाल भक्तपुरको मध्यपुर थिमी–१ बस्ने ३३ वर्षीय सन्दीप सिंहलाई सार्वजनिक गरेको हो।

यसअघि उक्त प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले अन्य २/३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। तर, अनुसन्धानका क्रममा उनीहरूको संलग्नता नदेखिएपछि प्रहरीले उनीहरूलाई रिहा गरिदिएको छ।

गत साउन ८ गते सञ्चालित स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्नपत्र बाहिरिएको थियो। ‘एमबिएस फ्रस्ट सेम सेक्सन सी’ नाम दिइएको ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको ५ मिनेटमै प्रश्नपत्र शेयर गरिएको अनुसन्धानबाट खुलेको छ।

ह्वाट्सएप ग्रुपबाट बाहिरिएको उक्त प्रश्नपत्रका स्क्रिनसटहरू फेसबुक पेज 'टियु स्टुडेन्ट्स'ले सार्वजनिक गर्दै त्रिवि प्रशासनको ध्यानाकर्षण गराएपछि घटनाबारे छानबिन सुरु भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट