Techie IT
२०८३ असोज ९, शुक्रबार

कपिलवस्तुमा कांग्रेस अधिवेशनकै दिन नगर सचिव पक्राउ


कपिलवस्तुमा नेपाली कांग्रेस बाणगंगा नगर समितिका निवर्तमान सचिव सूर्य बराल चेक बाउन्स मुद्दामा पक्राउ परेका छन् ।

पार्टीको अधिवेशन चलिरहँदा नगर सभापति पदमा उम्मेदवारी घोषणा गरी अध्यक्षको दाबी गर्दै आएका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत कपिलवस्तुबाट विभिन्न मितिमा भएको फैसलाको आधारमा बराललाई नियन्त्रणमा लिई अदालतमा बुझाएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए । 

उनले अदालतमा पेस गरिएपछि बाँकी प्रक्रियाबारे आफूलाई जानकारी नभएको बताएका छन् । यद्यपि, जिल्ला अदालतको फैसलालगत्तै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उनलाई कारागार चलान गरेको जनाएको छ।

अदालतले बराललाई ३ दिन कैद र ७ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

यता, पार्टी अधिवेशनकै दिन पुरानो मुद्दा ब्युँताएर उहाँलाई पक्राउ गरिएको भन्दै उहाँका निकटस्थ कार्यकर्ताहरूले असन्तुष्टि व्यक्त गरेका छन्। हाल उनी कांग्रेसको गगन थापा पक्षधर मानिन्छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट