Techie IT
२०८३ असोज २०, मंगलबार

सम्पत्ति शुद्धीकरणका अभियुक्त दीपक भट्टको मुद्दा सुनुवाइबाट किन पन्छियो सर्वोच्च ?


व्यवसायी दीपक भट्टविरुद्धका सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरसम्बन्धी दुईवटा गम्भीर मुद्दाको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबारका लागि पेसी तोकिए पनि भट्टका कानुन व्यवसायीले निवेदन दिएर सुनुवाइ पन्छाएका हुन्।

विशेष अदालत र उच्च अदालत पाटनको थुनामा पठाउने आदेशविरुद्ध भट्ट सर्वोच्च अदालत पुगेका हुन्। सम्पत्ति शुद्धीकरण तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन अन्तर्गतको कसुर र बैंकिङ कसुरमा ती अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका थिए।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ मा थुनछेक वा धरौट आदेशमा चित्त नबुझ्ने पक्षले एक तहसम्म माथिल्लो अदालतमा निवेदन दिन सक्ने कानुनी व्यवस्था छ। सोही व्यवस्था टेकेर भट्ट सर्वोच्च पुगेका हुन्।

भट्टमाथि फरक-फरक मुद्दामा मोटो रकमको बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०८१ चैत १९ गते भट्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट