Techie IT
२०८२ वैशाख २०, शनिबार

चक्कु प्रयोग गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ


काठमाडौँको परोपकार पुलमुनि धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–७ घर भई हाल काठमाडौँ महानगरपालिका–५ डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिएका छन् । यही वैशाख १६ गते धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला परेका काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१० का अन्दाजी ४२/४३ को माइला भन्ने विक्रम तामाङका मृत्यु भएको घटनामा हत्याको अभियोगमा निजलाई पक्राउ गरिएको उनले बताए ।

घाइते अवस्थामा भेटिएका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकामा सोही दिन मृत्यु भएको थियो । अनुसन्धानका क्रममा निज श्रेष्ठले घटना घटाएको खुल्न आएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठका साथबाट घटनामा प्रयोग भएको चक्कु, सामसुङको मोबाइल एक थान तथा घटना हुँदा प्रयोग भएको झोला, सर्ट, पाइन्ट, जुत्ता, कपडाको माक्स बरामद गरिएको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए ।

उनलाई ज्यानसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट