Techie IT
२०८३ कार्तिक ६, बिहीबार

ग्यारेज क्यान्टिनमा आगलागी, वृद्ध कामदारको जलेर मृत्यु


झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक ग्यारेजको क्यान्टिनमा भीषण आगलागी हुँदा ६५ वर्षीय वृद्धको जलेर करुणाजनक मृत्यु भएको छ। बुधबार बिहान भएको उक्त घटनामा गौरीगञ्ज गाउँपालिका–२ निवासी रुद्रबहादुर तामाङको ज्यान गएको हो। मृतक तामाङ ग्यारेज परिसरमा सञ्चालित क्यान्टिनमा कामदारका रूपमा कार्यरत थिए।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बिहान करिब ४:१० बजे ध्रुव भट्टराईको जग्गामा टिनको छानो हालेर बनाइएको घरमा सञ्चालित क्यान्टिनबाट अचानक आगो सल्केको थियो। 

रवि राजवंशीले सञ्चालन गर्दै आएको ठूला सवारीसाधन मर्मत गर्ने ‘बडी ग्यारेज’भित्रै सो क्यान्टिन रहेको थियो। घटनालगत्तै खटिएको प्रहरी टोली, दमकल र स्थानीयको सामूहिक प्रयासबाट बिहान ४:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, ३ वटा खसीबाख्रा र १ लाख रुपैयाँ नगदसहित करिब ३ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। साथै, ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालको मार्बल तथा टायल गोदाममा आगो निभाउने क्रममा पानीले २५ बोरा सिमेन्ट भिज्दा थप २५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट