Techie IT
२०८३ कार्तिक ६, बिहीबार

आगामी डिसेम्बरमा क्रिकेट विश्वकप छनोट प्ले-अफ नेपालमै हुने


नेपालले आगामी डिसेम्बरमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्ले-अफ प्रतियोगिताको आतिथ्यता गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी डिसेम्बर ४ देखि २१ सम्म उक्त विश्वकप छनोट प्ले-अफ प्रतियोगिता घरेलु मैदानमै सञ्चालन हुनेछ।

हालै सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग-२ सिरिजमा नेपाल छैटौँ स्थानमा सीमित भएपछि सिधै विश्वकप छनोटमा पुग्न असफल भएको थियो। तर, लिग-२ का पुछारका चार टोली र आईसीसी च्यालेन्ज लिगबाट आउने चार टोली गरी कुल आठ टोलीबीच हुने यस प्ले-अफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष चार टोलीले पुनः मुख्य विश्वकप छनोट खेल्ने अवसर पाउनेछन्। घरेलु मैदान र समर्थकको साथ पाउने भएकाले नेपालका लागि एकदिवसीय विश्वकप यात्राको ढोका अझै खुला रहेको छ।

घरेलु मैदानमै प्ले-अफ आयोजना हुने पक्का भएसँगै क्यानका सचिव पारस खड्काले नेपाली टोलीको एकदिवसीय विश्वकप खेल्ने सपना अझै कायम रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै लेखेका छन्, “हाम्रो एकदिवसीय विश्वकप खेल्ने सपना अझै जीवित छ। अगाडि बढौँ, केटाहरू! हामी निरन्तर अघि बढ्दै, विश्वास गर्दै र अझ उच्च लक्ष्य राख्दै जानेछौँ। एकपछि अर्को कदम चाल्दै ठूलो सपनातर्फ अघि बढ्नेछौँ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट