Techie IT
२०८२ असार १, आइतबार

रौतहटमा लुटपाट प्रयास गर्ने गिरोहका दुईजना पक्राउ, अन्य फरार


रौतहट प्रहरीले लुटपाट गर्न खोज्ने गिरोहका २ जना मानिसलाई पक्राउ गरेको छ अन्य भने फरार भएका छन् । पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका ३ बस्ने बर्ष २० को सिताराम महतो र बर्ष २० को सन्तोष महतो रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले न्युज कारखानालाई बताए ।

अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। मंगलवार राती अढाई बजे यमुनामाई गाउँपालिका १ देउरैया नजिकमा लुटपाट गर्ने उद्देश्यले लुकीछिपी बसेका ८११० जना अपरिचित व्यक्तिहरु बसेका थिए।

उनीहरूले मध्ये प्रदेश ०२–०४–०००१ प ०००१ नम्बरको मोटरसाइकल चलाई आइरहेको  दुर्गाभगवती ३ मसुरिया बस्ने बर्ष २५ को कृष्णमणी झालाई रोकि लुटपाट गर्न खोजेको  जिल्ला प्रहरी कार्यालय रौतहटमा सूचना प्राप्त भएको थियो।

तत्काल नै जिल्ला प्रहरी कार्यालय र मातहतको कार्यालयबाट गएको प्रहरी टोलीले लुटपाट गर्ने गिरोहमा संलग्न दुवैजना अभियुक्त लाई पक्राउ गरेको थियो ।

गिरोहका फरार रहेका व्यक्तिहरुको खोजतलास कार्य भइरहेको तथा घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रेस नोटमा उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट