Techie IT
२०८२ असार ६, शुक्रबार

तनहुँमा कुटपिट गरी हत्या, दुई जना पक्राउ


तनहुँमा हत्या अभियोगमा आज दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ हटिया घर हाई हाल तनहुँको देवघाट गाउँपालिका–५ बस्ने ४२ वर्षीय राम लामा र पाल्पाको तानसेन नगरपालिका–८ नयाँपाटी घर भई हाल देवघाट गाउँपालिका–५ बस्ने २८ वर्षीय बुद्ध सारुमगर रहेको आँबुखैरेनी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीअनुसार देवघाट गाउँपालिका–५ बद्रीमुक्ति टोलका ३२ वर्षीय प्रकाश पौडेलको कर्तव्य गरी हत्या गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जना ज्याला मजदुरी गर्ने हुन् ।

आज बिहान पौडेल घरदेखि अन्दाजी तीन सय मिटरको दूरीमा रहेको कच्ची सडकमा लडिरहेको अवस्थामा स्थानीयवासीले भेटेका थिए । उनलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल चितवन लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात प्रहरी निरीक्षक सुवेदीको नेतृत्वमा पुगेको टोलीले अनुसन्धान गर्दा निजहरु मादक पदार्थ सेवन गरी झैझगडा गरेको खुल्न आएको छ । पक्राउ परेका दुई जनाले पौडेललाई कुटपिट गरेका थिए । प्रहरी निरीक्षक सुवेदीले भन्नुभयो, “गए राति सँगै बसेर मादक पदार्थ सेवन गरी झगडा भएको रहेछ, दुई जनाले पौडेललाई कुटपिट गरी हत्या गरेको खुलेको छ ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट