Techie IT
२०८३ जेष्ठ १८, सोमबार

नौमुले अध्यक्षको प्रशंसनीय कार्य, आफ्नै सेवा–सुविधाको रकमबाट विद्यार्थी र शिक्षक सम्मानित


नौमुले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले आफ्नो सेवा–सुविधाबाट प्राप्त रकममध्ये करिब २ लाख रुपैयाँभन्दा बढी खर्च गरी शैक्षिक सत्र २०८२ को एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, सफल विद्यालय, विषयगत शिक्षक तथा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका छन्। 

अध्यक्ष सुवेदीले उत्कृष्ट विद्यार्थीतर्फ प्रथम स्थान हासिल गर्ने भैरव माध्यमिक विद्यालय, नौमुलेका सञ्जय चन्दलाई ३० हजार रुपैयाँ, द्वितीय स्थान प्राप्त मावि पैतीका वीरेन्द्र बस्नेतलाई २० हजार रुपैयाँ तथा तृतीय स्थान हासिल गर्ने भैरव माविकै विनीता रोकायलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका छन्। साथै सान्त्वना स्थान प्राप्त तीन जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँका दरले पुरस्कृत गरिएको छ।

विद्यालयतर्फ उत्कृष्ट नतिजा हासिल गर्ने मावि पैतीलाई प्रथम पुरस्कारस्वरूप १५ हजार रुपैयाँ, मावि आलेगाउँलाई द्वितीय पुरस्कारस्वरूप १० हजार रुपैयाँ, भैरव मावि, नौमुलेलाई तृतीय पुरस्कारस्वरूप ७ हजार रुपैयाँ तथा मावि ठानडाँडालाई सान्त्वना पुरस्कारस्वरूप ५ हजार रुपैयाँ प्रदान गरिएको छ।

त्यसैगरी विषयगत उत्कृष्ट शिक्षकतर्फ भैरव माविका गणित शिक्षक नगेन्द्रबहादुर सिंह, लालीगुराँस मावि नौगाउँकी अङ्ग्रेजी शिक्षिका गीता कुमारी चन्द तथा भैरव माविका विज्ञान शिक्षक प्रदीपकुमार खड्कालाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ।

समावेशी शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले दलिततर्फ प्रथम मनसरा बिक र जनजातितर्फ प्रथम रोहित थापा मगरलाई पनि जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। साथै गाउँपालिकाभित्रका विद्यालयबाट एसइई परीक्षा उत्तीर्ण गर्ने सम्पूर्ण विद्यार्थीलाई जनही १ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ।

शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यार्थीमा प्रतिस्पर्धी भावना विकास, शिक्षकहरूको मनोबल उच्च बनाउने तथा विद्यालयहरूबीच स्वस्थ शैक्षिक प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले गरिएको यो पहललाई स्थानीयवासी, अभिभावक तथा शिक्षा क्षेत्रका सरोकारवालाले अत्यन्त सकारात्मक र प्रेरणादायी कार्यका रूपमा लिएका छन्।

“शिक्षामा गरिएको लगानी नै समृद्ध समाज निर्माणको आधार हो” भन्ने सन्देशलाई व्यवहारमै कार्यान्वयन गर्दै अध्यक्ष छविराम सुवेदीले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसनीय, अनुकरणीय र दीर्घकालीन प्रभाव पार्ने खालको रहेको छ। यस महत्वपूर्ण पहलका लागि उहाँप्रति हार्दिक धन्यवाद, उच्च सम्मान तथा आगामी कार्यकालका लागि सफलताको शुभकामना व्यक्त गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट