सुनको भाउमा भारी गिरावट, एकैदिन तोलामा कति हजार रुपैयाँले घट्यो ?
तिहार बिदा सकिएलगत्तै नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा भारी गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन कात्तिक २७ गते, शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ । तिहार बिदा अघिको अन्तिम कारोबार दिन सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५५ रुपैयाँले घटेको छ । तिहार बिदाअघि प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३ हजार ७०० रुपैयाँमा झरेको महासंघले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस