Techie IT
२०८३ वैशाख १९, शनिबार

वागीश्वरी सडक ३१ वर्षपछि कालोपत्रे


तनहुँको व्यास नगरपालिका–११ स्थित वागीश्वरी सडक ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ। 

संघीय सरकारको चार करोड बजेट सहयोगले कालोपत्र सुरु भएको यस सडकले व्यास नगरपालिका–११ र भानु नगरपालिका–६ लाई जोड्नेछ। पहिलो चरणमा शेराबाट ढुङ्गाखानीसम्म सडक कालोपत्र भइसकेको छ भने स्तरोन्नतिको काम पनि जारी छ।

यसैबीच, तनहुँको बन्दीपुर गाउँपालिका–२ मा थानीमाई मन्दिरदेखि चुलीडाँडासम्म दुई किलोमिटर लामो मुकुन्देश्वरी पदमार्ग निर्माण थालिएको छ। थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ क्षेत्र, घोडा शयर, र नौ मिटर अग्लो 'बन्दीपुर' लेखिएको स्तम्भजस्ता संरचनाहरू निर्माणको योजना छ, जसको अनुमानित लागत १९ करोड रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट