Techie IT
२०८२ जेष्ठ २९, बिहीबार

बालेनको विदेश भ्रमणमा ३२ लाखभन्दा बढी अनियमितता : महालेखा रिपोर्ट


काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहको फ्रान्स र ब्राजिल भ्रमणमा ३२ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता भएको पाइएको छ । महालेखापरीक्षकको २०८०/८१ सालको लेखापरीक्षण प्रतिवेदनमा उक्त खर्च अनियमित देखिएको उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार महानगरबाट चार शीर्षकमा गरिएको खर्चमा बेरुजू  देखिएको छ । वैशाख ३१ गते फ्रान्सको कान्समा आयोजित कान्स फिल्म फेस्टिभलमा सहभागी हुन जाँदा भौचर नम्बर ४२६२ मा एक लाख ४४ हजार ७०७ रुपैयाँ बेरुजू देखिएको छ ।

त्यसपछि, २०८१ असार २ गते पुनः कान्स फेस्टिभलका लागि फ्रान्स जाँदा भौचर नम्बर ५०९१ मा ६२ हजार ५३१ रुपैयाँको अनियमितता देखिएको छ ।

सोही दिन मेयर शाह र उनका सल्लाहकार सुनिल लम्साल ब्राजिलको साउथ पाउलोमा ‘मेट्रोपोलिस बोर्ड अफ डाइरेक्टर मिटिङ’मा सहभागी हुन जाँदा १० लाख २३ हजार रुपैयाँ अनियमित खर्च भएको उल्लेख गरिएको छ ।

त्यसैगरी, २०८१ असार १८ गते मेयर शाह, सल्लाहकार लम्साल र कुमार व्यञ्जनकार तेस्रो पटक कान्सका लागि फ्रान्स जाँदा २० लाख ४९ हजार १६५ रुपैयाँ खर्चमा अनियमितता भएको प्रतिवेदनले देखाएको छ ।

यसरी चारपटकको विदेश भ्रमणमा कुल ३२ लाख ७९ हजार ४०३ रुपैयाँको बेरुजु देखिएको छ । लेखापरीक्षकको प्रतिवेदनले सार्वजनिक खर्चमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न माग गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट