Techie IT
२०८३ जेष्ठ १७, आइतबार

रौतहटमा निषेधाज्ञा र कर्फ्यु कायमै


रौतहट जिल्लाको पछिल्लो सुरक्षा परिस्थिति विचार गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोद कुमार खड्काले शनिबार सूचना जारी गर्दै आदेशबारे जानकारी दिएका छन्। जिल्लाको सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ र ७ बमोजिम जारी आदेशअनुसार भदौ २८ गते शनिबार बिहान ६:०० बजेदेखि बेलुकी ९:०० बजेसम्म निषेधाज्ञा लागू हुने जनाएको छ। सोही दिन राति ९:०० बजेदेखि भदौ २९ गते बिहान ६:०० बजेसम्म कर्फ्यु जारी रहनेछ।

निषेधाज्ञा अवधिभर पाँचजना भन्दा बढी मानिस भेला वा जमघट गर्न निषेध गरिएको छ। त्यस्तै, सार्वजनिक तथा निजी यातायातका साधन सञ्चालनमा रोक लगाइने भए पनि आकस्मिक सेवाका सवारीसाधन (जस्तै एम्बुलेन्स, स्वास्थ्य, खानेपानी, खाद्यान्न, औषधि, दूध, तरकारी, दुग्ध पदार्थ तथा दुध दुहाईका साधन) मा भने रोक नहुने सूचनामा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयले आदेश उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट