Techie IT
२०८२ असोज ३, शुक्रबार

‘संसदबाट विश्वासको मत नपाए मात्र पद छोड्छु’ - मुख्यमन्त्री सिंह


मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कुनै पनि हालतमा पदत्याग नगर्ने स्पष्ट बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार मधेस भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले चाहेर वा षड्यन्त्र गरेर आफूलाई राजीनामा दिन बाध्य पार्न नसक्ने चेतावनी दिएका छन् ।

मुख्यमन्त्री सिंहले भने, ‘म संघीयता र संविधानको रक्षा गर्न पदमा अडिग छु। केही साथीले चाहेका भरमा म राजीनामा दिन्नँ। संसदबाट विश्वासको मत नपाए मात्र पद छोड्छु।’

उनले भदौ २४ गते जेन–जी पुस्ताको आन्दोलनका क्रममा संघीयताले सिर्जना गरेको सम्पत्तिलाई क्षति नहोस भन्ने भावनाले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेको तर हाल दृढतापूर्वक पदमा रहने अडान दोहोर्याए।

दश वर्षे माओवादी जनयुद्धमा भएको क्षतिभन्दा दुई दिनको आन्दोलनमा मधेसमा भएको भौतिक संरचनाको क्षति धेरै रहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले मधेसी जनताले आफ्ना बलिदानबाट प्राप्त संघीयतालाई जोगाउन एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट