Techie IT
२०८२ कार्तिक १७, सोमबार

पर्सामा दुई समूहबीच झडप,एक जना गोली लागी घाइते


पर्साको छिपरमाई गाउँपालिका–५ भिस्वामा दुई समूहबीच भएको झडपका क्रममा गोली चल्दा एक किशोर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार बिहीबार बेलुकी करिब ७:१५ बजे गाउँपालिका कार्यालयको पछाडिपट्टिको सडकमा झडप हुँदा गोली चलेको हो।

गोली लागेर भिस्वाका १६ वर्षीय गोलु आलम धुनिया घाइते भएका छन्। उनको तिघ्रामा गोली लागेको र उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पुर्‍याइएको एसपी पाठकले जानकारी दिए। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। गोली चलाउने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट