Techie IT
२०८३ भाद्र २६, शुक्रबार

व्यवसायीको घरबाट लुकाएर राखिएको ४० बोरा मल बरामद


विशेष सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाले आज गोलबजार नगरपालिका–६ मा व्यवसायी जितन सहनीको घरबाट लुकाएर राखिएको ४० बोरा डीएपी र युरिया मल बरामद गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अधिकृत सन्तोष रायले जानकारी दिनु भयो, “नेपाल सरकारद्वारा अनुदानित कृषि सामग्री कम्पनीको मल लुकाएको भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा ४० बोरा मल बरामद गरिएको हो।”

बरामद मल इलाका प्रहरी कार्यालयको निगरानीमा गोदाममै सिल गरिएको छ। घरधनी हालसम्म फेला नपरेकोले थप विवरण पाउन सकिएको छैन।

यसअघि असोज ८ गते सोही स्थानबाट १५४ बोरा अनुदानको मल बरामद गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट