जनकपुरको सोनारपट्टीमा प्रहरीले हान्यो गोली
Gun Fire
जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ प्रहरीको गोली चलेको छ।
एक सुनचाँदी व्यवसायीको पसलमा छापा मार्न पुगेको प्रहरी टोलीमाथि व्यवसायीहरूले अवरोध गरेपछि प्रहरीले गोली चलाएको जनाइएको छ।
बिल–बिजक बिना सुनचाँदी खरिद–बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोली छापा मार्न पुगेको थियो।
कति राउन्ड गोली चलाइएको हो भन्नेबारे बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका एक स्रोतले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस