Techie IT
२०८२ कार्तिक २५, मंगलबार

धनुषामा महिलाको बर्बर हत्या, एक जना पक्राउ


सांकेतिक

धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको बर्बरतापूर्वक हत्या गरिएको छ।

प्रहरीका अनुसार सोमबार साँझ घरदेखि करिब ५०० मिटर टाढा खेतमा धारिलो हतियार प्रयोग गरी उनको अनुहार र टाउकोमा प्रहार गरिएको अवस्थामा शव फेला परेको हो।

धनुषा प्रहरीले घटनापछि एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए। उनका अनुसार घटनाबारे राति करिब ९ बजे जानकारी प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।

मृतकले लगाएका सुनचाँदीका गरगहना समेत लुटिएको पाइएको छ। लुटिएका केही गहना प्रहरीले बरामद गरेको जनाएको छ। स्थानीयका अनुसार चन्द्रकला देवी मिटरव्याज पीडित थिइन्, त्यसकै निहुँमा हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट