Techie IT
२०८२ मंसिर १०, बुधबार

सर्लाहीको लालबन्दीमा जलेको अवस्थामा पुरुष फेला, आत्मदाहको आशंका


सर्लाहीको लालबन्दी नगरपालिका–७ स्थित डुमडुमे मन्दिर नजिकै एक पुरुष जलेको अवस्थामा फेला परेका छन्।

महेन्द्र राजमार्गको किनारमा रहेको मन्दिर नजिकै अन्दाजी ५५ वर्षीय ती पुरुषले शरीरमा पेट्रोल छर्केर आफैँलाई आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

गम्भीर घाइते अवस्थामा भेटिएका उनको परिचय हालसम्म खुल्न सकेको छैन। उनलाई तत्काल उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्र जोहारीले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार ती पुरुषले घटना हुनुअघि नजिकैको एक आश्रममा खाना खाएर निस्किएका थिए। आश्रमबाट निस्किएलगत्तै उनले मन्दिर नजिक पुगेर शरीरमा आगो लगाएको बुझिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट