Techie IT
२०८२ फागुन ९, शनिबार

गौरमा साम्प्रदायिक झडपपछि सेना परिचालन, यातायात ठप्प, परीक्षार्थी मर्कामा


दुई सम्प्रदायबीच भएको झडपपछि अवस्था तनावग्रस्त बनेसँगै जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाको तोकिएको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार फागुन ९ गतेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ।

जारी आदेशअनुसार कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा आवतजावत गर्न, भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९(क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रशासनले स्पष्ट पारेको छ। आदेश उल्लंघन गर्नेलाई कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

प्रशासनका अनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा चम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा कर्फ्यु लगाइएको छ। जिल्लावासीलाई शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न प्रशासनले आग्रह गरेको छ।

तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै रौतहट उद्योग वाणिज्य संघले गौर क्षेत्रका सम्पूर्ण व्यापारिक प्रतिष्ठान बन्द गरी सुरक्षित रूपमा बस्न व्यवसायीहरूलाई आग्रह गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट