Techie IT
२०८३ भाद्र १३, शनिबार

सिरहा–१ मा रास्वपाका बब्लु गुप्ता भारी मतान्तरले विजयी


बब्लु गुप्ता

सिरहा निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बब्लु गुप्ता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गुप्ताले ४१ हजार ३३३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७८४ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा (एमाले)का रामशङ्कर यादवले ७ हजार ८६६ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले २ हजार ८५३ मत पाउँदा जसपा नेपालका सत्यनारायण यादवले २ हजार २८५ मत प्राप्त गरेका छन्।

अन्तिम मतपरिणामले सिरहा–१ मा रास्वपाले उल्लेखनीय मतान्तरसहित विजय हासिल गरेको देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट