पछिल्लो २४ घण्टामा कहाँ पर्यो बैभन्दा बढी वर्षा ?
पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोक जिल्लामा सबैभन्दा बढी वर्षा भएको छ। रोसीस्थित मौसम मापन केन्द्रले यस क्षेत्रमा ३३ मिलिमिटर वर्षा रेकर्ड गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस अवधिमा कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भएको छ।
हाल पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को संयुक्त प्रभाव सक्रिय रहेको छ। यसैको प्रभावस्वरूप आज देशका सातै प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस